• १६ चैत २०८०, शुक्रबार

झापा ५ (क) प्रदेश सभा सदस्यमा थापा विजयी

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ८ गते । झापा ५ (क) बाट प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का होमबहादुर थापा विजयी हुनुभएको छ । नेकपा (मावोवादी केन्द्र) का गगन पुरीलाई पराजित गर्दै थापा विजयी हुनुभएको हो । थापाले २४ हजार १२९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उहाँका प्रतिस्पर्धी गगन पुरीले १७ हजार ३१५ मत प्राप्त गर्नुभयो । यहाँ प्रतिनिधि सभा सदस्यमा केपी शर्मा ओली विजयी बन्नुभएको थियो ।