• १६ चैत २०८०, शुक्रबार

कञ्चनपुर १ (क) मा एमालेका थापा विजयी

blog

कञ्चनपुर, मङ्सिर ८ गते । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ (क) प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का वीरबहादुर थापा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कार्यालयको अन्तिम मतगणनाको परिणामअनुसार उहाँले १२ हजार ३५९ मत ल्या विजयी हुनुभएकामा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बन्धु रानाले ११ हजार छ मत ल्याउनुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीका पल्टु रानाले दुई हजार ६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमराज लामिछानेले एक हजार ९३१, नेकपा (एकीकृत समाजवादी)का जगेश्वर बुढा क्षेत्रीले २३४ मत ल्याउनुभएको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मजुरलाल रानाले १७०, नेपाल मजदुर किसान पार्टीका भागरथीदेवी रावलले ७६, स्वतन्त्र उम्मेदवार भक्तबहादुर अधिकारीले दुई हजार ४९९ मत ल्याउनुभएको छ । प्रदेशसभाको सो निर्वाचन क्षेत्रमा ४९ हजार ६५२ मतदाता रहेकामा जम्मा मत ३१ हजार ८९७ खसेको थियो भने एक हजार ५६२ मत बदर भएको थियो ।