• ७ वैशाख २०८१, शुक्रबार

भक्तपुर १ प्रदेशसभा (ख)मा नेमकिपाका गोसाइँ विजयी

blog

भक्तपुर, मङ्सिर ८ गते । भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (ख) मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी हुनुभएको छ ।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको सभाकक्षमा बिहीबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार उहाँ २९ हजार ७०४ मत ल्याएर विजयी हुनुभएकामा निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेपाली कांग्रेसका पवन भुजुले तीन हजार १६१ मत प्राप्त गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाका अनुसार एमालेका नारायणसुन्दर सिन्तकलाले दुई हजार ४२८, राप्रपाका रोशन नापितले एक हजार ९०५ मत प्राप्त गर्नुभयो । समानुपातिकतर्फको मतगणना भने जारी छ ।