• १३ वैशाख २०८१, बिहिबार

सप्तरी १ (क) मा एमालेका राजकुमार लेखी निर्वाचित

blog

सप्तरी १ (क) प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका एमाले नेता राजकुमार लेखी । तस्बिर : सरिता चौधरी

काठमाडौं, मङ्सिर ८ गते । नेकपा (एमाले) का नेता राजकुमार लेखी सप्तरी १ (क) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । उहाँले १४ हजार २९१ मत ल्याएर निर्वाचित हुनुभएको हो । 

उहाँको निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शवनन्द मेहताले ९ हजार ९३ मत ल्याएर पराजित हुनुभयो । त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार रहनुभएका बेचनप्रसाद चौधरीले ७ हजार ५७२ मत ल्याउनुभयो । 

नेता लेखी थारु कल्याणकारिणी सभा (थाकस) को महामन्त्रीको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका लेखीले गठबन्धन दलका उम्मेदवारलाई पराजित गरी निर्वाचित हुनुभयो ।