• १४ वैशाख २०८१, शुक्रबार

तेह्रथुम प्रदेशसभा (ख) मा माओवादीका दुर्गा चापागाईँ विजयी

blog

तेह्रथुम प्रदेशसभा (ख)मा विजयी (नेकपा माओवादी केन्द्र)का दुर्गाप्रसाद चापागाई । तस्बिर : ठाकुर सेनेहाङ

ठाकुर सेनेहाङ
तेह्रथुम, मङ्सिर ९ गते ।
 तेह्रथुम प्रदेशसभा (ख) मा (नेकपा माओवादी केन्द्र) का दुर्गाप्रसाद चापागाईँ प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ । ३९४ मतान्तरले प्रदेश सभा सदस्यमा चापागाईँ विजयी हुनुभएको हो ।

चापागाईँले आठ हजार ३९४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तेजमान कन्दङवाले आठ हजार मत प्राप्त गर्नुभएको छ । एमालेका कन्दङवा यस अघिका प्रदेश सांसद हुनुहुन्थ्यो ।