• २ जेठ २०८१, बुधबार

पाँचथरबाट पुनः एमालेका नेम्बाङ विजयी

blog

फिदिम, मङ्सिर ९ गते । मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएसँगै पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार वसन्तकुमार नेम्बाङ विजयी हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका काँग्रेस उम्मेदवार भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गर्दै नेम्बाङ विजयी हुनु भएको हो । 

नेम्बाङको मत ३२ हजार ११० प्राप्त हुँदा आङ्देम्बेको ३२ हजार ६३ मात्रै आएको छ । यसै निर्वाचन क्षेत्रबाट २०७४ को प्रतिनिधिसभा सदस्यमा पनि नेम्बाङले आङ्देम्बेलाई पराजित गर्नु भएको थियो । उक्त निर्वाचनमा बाम गठबन्धनतर्फबाट उम्मेदवार रहनु भएका नेम्बाङले आङ्देम्बेलाई फराकिलो दश हजार मत अन्तरले धेरै सहजले पराजित गर्नु भएको थियो । यस पटकको निर्वाचनमा जित निकाल्न नेम्बाङले आङ्देम्बेको कडा टक्कर नै झेल्नु पर्‍यो । 

नेम्बाङ नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व भौतिक पूर्वाधार योजना मन्त्री हुनु भएको थियो  भने आङ्देम्बे काँग्रेसका सह महामन्त्री हुनुहुन्छ । 

Author

नारायण तुम्बापो