• १७ असार २०८२, मङ्गलबार

‘जवाफदेहिता र समन्वय सुदृढ पार्न साझा प्रयास जरुरी’

blog

प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमको बैठक । तस्बिर : मुख्यमन्त्रीको सचिवालय

अविनाश चौधरी

धनगढी, असार १७ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पारदर्शिता, जवाफदेहिता र समन्वयलाई सुदृढ पार्न साझा प्रयास जरुरी रहेको बताउनुभएको छ। 

प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमको आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको प्रादेशिक निर्देशक समितिको दोस्रो बैठकमा उहाँले यस्तो बताउनु भएको हो । प्रदेश विकासको प्राथमिकता, योजना र कार्यक्रमलाई साझा दृष्टिकोणबाट कार्यान्वयन गर्न आवश्यक रहेको मुख्यमन्त्रीको भनाइ थियो । 

उहाँले प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमले सुशासन कायम र क्षमता अभिवृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । “कार्यक्रमले जनप्रतिनिधिलाई थप उत्तरदायी र जिम्मेवार बनाइ जनतालाई डेलिभरी दिन भूमिका खेलेको छ”, उहाँले भन्नुभयो । 

प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रदेशको ८८ वटै पालिकामा सञ्चालनमा रहेको छ ।