• २१ असार २०८२, शनिबार

चेल्सी क्लब विश्वकपको सेमिफाइनलमा

blog

क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दै चेल्सी र पाल्मेइरासका खेलाडी । तस्बिर : रासस/एएफपी

काठमाडौँ, असार २० गते ।  इङ्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

शनिबार बिहान भएको क्वार्टरफाइनल खेलमा चेल्सीले ब्राजिलको पाल्मेइरासलाई २–१ गोलले हरायो । सेमिफाइनलमा चेल्सीले ब्राजिलकै फ्लुमिनेससँग प्रतिस्पर्धा गर्नेछ । 

चेल्सीको जितमा कोल पाल्मरले १६औँ मिनेटमा एक गोल गर्नुभयो । चेल्सीले अर्को गोल खेलको अन्तिममा पाल्मेइरासबाट आत्मघाती उपहार पाएको थियो । पाल्मेइरासका एस्तिभाओले ५३औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो ।

शनिबारनै भएको अर्को खेलमा फ्लुमिनेसले साउदी अरबको क्लब अल हिलालमाथि जित निकाल्नै सेमिफाइनलमा स्थान बनाएको हो । एजेन्सी