• ६ वैशाख २०८१, बिहिबार

कैलाली क्षेत्र नं २ (ख) मा नागरिक उन्मुक्तिका रामेश्वर विजयी

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर, मङ्सिर ८ गते ।  कैलाली क्षेत्र नम्बर २ (ख) मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामेश्वर चौधरी विजयी हुनुभएको छ । चौधरी दश हजार ६६५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का डेजी पाण्डेले छ हजार ९१२ मत पाउनुभयो । 

गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका नन्दबहादुर साउदले छ हजार ५५९ मत पाउनुभएको छ । साउद २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो ।

राप्रपाका एकेन्द्रबहादुर मल्लले एक हजार ८०६ मत पाउनुभयो । २८ हजार ५१० मत खसेकोमा एक हजार ५३९ मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।