• १६ चैत २०८०, शुक्रबार

पाल्पा १ प्रदेशसभा (क) मा एमालेका श्रेष्ठ विजयी

blog

रेखीराम राना
पाल्पा, मङ्सिर ८ गते ।
 प्रदेश सभा सदस्यतर्फको पाल्पा क्षेत्र नम्बर १ (क) मा नेकपा (एमाले) का राजुप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठ १७ हजार ६२४ मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार २५२ मत मात्रै ल्याउनुभएको सहायक निर्वाचन अधिकृत रामहरी पाण्डेयले जानकारी दिनुभयो । प्रदेशसभा १(क) तर्फको मत गणना सकिएपछि १(ख)को गणना सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।