• १३ वैशाख २०८१, बिहिबार

कञ्चनपुर क्षेत्र नं. ३ (क) बाट नेकपा (एस) का रावल विजयी

blog

प्रकाशविक्रम शाह

धनगढी, मङ्सिर ८ गते । एकीकृत समाजवादीका नेता तथा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावल  दोस्रो पटक प्रदेश सभामा विजयी हुनुभएको छ । उहाँ कञ्चनपुर क्षेत्र नं. ३ को (क) बाट विजयी हुनुभएको हो ।

उहाँ आठ हजार ७१८ मत पाएर विजयी हुनुभयो  । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) को समर्थनमा चुनाव लड्नुभएका राप्रपाका धर्मराज जोशीले ६ हजार ८५८ मत पाउनुभएको छ  । यस्तै, सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का नेता टेकेन्द्र भट्टले छ हजार ९५ मत पाउनुभयो । भट्ट २०६४ मा संविधान सभामा विजयी भएका नेता हुनुहुन्छ ।

निर्वाचित रावल प्रतिस्पर्धी जोशीभन्दा एक हजार ६३२ बढी मत ल्याएर विजयी हुनुभयो । उहाँले २०७४ मा वाम गठबन्धनबाट नेकपा (एमाले) को उम्मेदवार हुँदा ६२ मतले चुनाव जित्नुभएको थियो ।