• १५ वैशाख २०८१, शनिबार

प्यूठानको प्रदेशसभा (क)मा एमाले र (ख) मा कांग्रेस विजयी

blog

प्यूठान, मङ्सिर ८ गते । प्यूठानको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा (एमाले)का तुल्सिराम शर्मा विजयी हुनुभएको छ । उहाँले २० हजार २१० मत प्राप्त गरी विजयी हुनु भएको हो  ।

उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कृष्ण अधिकारीले १७ हजार ६२७ मत प्राप्त गर्नुभएको छ ।

यसैबीच, प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) मा नेपाली कांग्रेसका उम्मेदवार सरोज थापा(रोज राणा) विजयी हुनुभएको छ ।

उम्मेदवार राणाले २२ हजार ५१८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँ प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार हरि रिजालले २० हजार ८०७ मत प्राप्त गर्नुभएको छ ।