• ८ वैशाख २०८१, शनिबार

दाङ क्षेत्र नम्बर २ (ख) मा कांग्रेसका न्यौपाने विजयी

blog

दाङ क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका प्रचण्डविक्रम न्यौपाने ।

लीलाधर वली 

घोराही, मङ्सिर ८ गते ।  दाङ क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसका नेता प्रचण्डविक्रम न्यौपाने विजयी हुनुभएको छ । न्यौपाने आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गिरिराज केसीलाई सात सय २४ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । 

प्रदेशसभा सदस्यमा विजयी न्यौपानेले १७ हजार चार सय २३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी केसीले १६ हजार छ सय ९९ सय मत प्राप्त गर्नुभएको छ । नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सहमहामन्त्रीसमेत रहनुभएका न्यौपाने नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता हुनुहुन्छ । 

लोकतात्रिक बाम गठबन्धनका उम्मेदवार न्यौपाने विजयी भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा भने गरेको छैन । निर्वाचन क्षेत्र नम्बर २ (ख) प्रदेशमा ४२ हजार ३५४ मत खसेको थियो ।