झापा २ मा एमालेका देवराज घिमिरे विजयी
झापा क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का देवराज घिमिरे विजयी हुनुभएको छ । बुधवार राति सम्पन्न अन्तिम मतगणनामा एमालेका प्रदेश नम्बर १ का इन्चार्ज समेत रहनुभएका घिमिरेले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल स्वागतलाई २२५६ मतले पराजित गर्नुभयो ।
जुम्ला (क) मा कांग्रेसका बागी उम्मेदवार देवेन्द्र शाही विजय
जुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं. १ (क) बाट प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजय हुनुभएको छ ।
कञ्चनपुरमा-३ मा कांग्रेसका रमेश लेखक विजयी
कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेका रमेश लेखक विजयी हुनुभएको छ। लेखकले एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्नुभएको हो। लेखकले ३० हजार ५४४ मत ल्याउनुभयो भने पालले १८ हजार ४४८ मत पाउनुभयो।
बागमती प्रदेश सभा १ (ख) मा एमालेबाट श्रेष्ठ निर्वाचित
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि आइतबार भएको निर्वाचनबाट मकवानपुरको निर्वाचन क्षेत्र नं. १ को (ख) को प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का एकालाल श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
धादिङ क्षेत्र २ प्रदेश (क) मा कांग्रेसका लम्साल विजयी
धादिङको प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (क) मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द लम्साल विजयी हुनुभएको छ ।
कांग्रेस प्रदेश सभापति बानियाँ विजयी
आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्यमा मकवानपुरमा सत्ता गठबन्धनबाट उम्मेदवार इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ ।
दैलेख निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट कांग्रेसका भण्डारी विजयी
दैलेख निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम भण्डारी भारी मतान्तरसहित विजयी हुनुभएको छ । कुल २२ हजार ९४२ मत गणना हुँदा १० हजार ८०० मतसहित भण्डारी विजयी हुनुभएको हो ।
पर्सा २ मा कांग्रेसका अजय चौरसिया विजयी
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसिया विजयी हुनुभएको छ ।
नवलपरासी २ (क) बाट स्वतन्त्र उम्मेदवार बस्नेत विजयी
पश्चिम नवलपरासी क्षेत्र न २ को (क) बाट स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत बिजयी हुनुभएको छ । वस्नेतले १२ हजार ४ सय ४९ मत ल्याएर विजयी हुनुभएको हो । वस्नेत पानीको धारा चुनाब चिन्ह लिएर चुनावी मैदानमा हुनुहुन्थ्यो । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका आशिष प्रधानले १२ हजार ३ सय ७७ मत ल्याउनुभयो ।
धरानमा म्यादी प्रहरीको बिदाइ
धरानमा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्त गरिएका म्यादी प्रहरीहरुको बिहीबार एक कार्यक्रमबीच बिदाई गरिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि सरकारले देशभरीबाट जिल्ला प्रहरी कार्यालयमार्फत् भर्ना गरेको थियो ।
झापा १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी
झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ। शर्मा ३९ हजार ६२४ मत ल्याएर विजयी हुनुभएको हो।
बर्दिया–१ प्रदेशसभा (क) मा कांग्रेसका भुवनेश्वर चौधरी विजयी
बर्दिया निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका भुवनेश्वर चौधरी विजयी हुनुभएको छ । चौधरीले नेकपा (एमाले) का सालिकराम अधिकारीलाई ११९ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।
अछाम-२ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी
अछाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह विजयी हुनुभएको छ। शाह छ हजार ८४० मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत पिताम्बर शर्माले जानकारी दिनुभयो।
दोब्बर बढी मतान्तरले झापा ५ बाट अध्यक्ष ओली निर्वाचित
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट फराकिलो मतान्तरले विजयी बन्नु भएको छ । २८ हजार ५७६ मतान्तरले अध्यक्ष ओली विजयी बन्नुभएको हो ।
बारा क्षेत्र नम्बर १ को प्रदेशसभा (क)मा एमालेका चौधरी निर्वाचित
बाराको निर्वाचन क्षेत्र नम्बर-४ प्रदेशसभा (क) मा नेकपा (एमाले)का उम्मेदवार देवनारायण चौधरी निर्वाचित हुनुभएको छ।
इलामको दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थगित
इलामको दुई निर्वाचन क्षेत्रमा भइरहेको मतगणना स्थगित भएको छ । इलाम क्षेत्र नं २ मा साढे ३ बजेदेखि मतगणना स्थगित भएको हो ।
झापा १ को प्रदेशसभा (क) मा कांग्रेसका गोपाल तामाङ विजयी
झापा क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा नेपाली कांग्रेसका गोपाल तामाङ विजयी हुनुभएको छ।
लुम्बिनी क्षेत्र ५ (क) मा ढकाल दोस्रो पटक निर्वाचित
नेकपा (एमाले) को तर्फबाट रुपन्देही क्षेत्र नम्बर ५ (क) बाट प्रदेश सभामा उम्मेदवारी दिनुभएका भूमिश्वर ढकाल विजयी हुनुभएको छ । एमालेका उम्मेदवार ढकाल १९ हजार ७८ मत ल्याएर विजयी बन्नुभयो ।
पाँचथरमा कांग्रेस र एमालेको चर्को प्रतिस्पर्धा : मतान्तर ९६ मात्र
राधा लुइँटेलफिदिम, मङ्सिर ७ गते। पाँचथर प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच चर्को प्रतिस्पर्धा भएको छ। कांग्रेसका भीष्मराज आङ्देम्बे र एमालेका वसन्तकुमार नेम्बाङबीचको प्रतिस्पर्धा रोचक बनेको हो। २५ हजार १ सय ८८ मत गणना हुँदा आङ्देम्बेले ९६ मतले नेम्बाङलाई पछाडि पार्नुभएको छ। आङ्देम्बेले १० हजार ८ सय ३ मत प्राप्त गर्दा नेम्बाङले १० हजार ७ सय ७ मत पाउनुभएको छ। प्रदेशसभा (क)मा जबेगुलाई अग्रताप्रदेशसभा (क)मा कमलप्रसाद जबेगुले अग्रता लिनुभएको छ। उहाँ ३२१ मतले अगाडि हुनुहुन्छ। एकीकृत समाजवादीका जबेगुले ९ हजार ८ सय २७ मत प्राप्त गर्दा नेकपा (एमाले)का राजकुमार भण्डारीले ९ हजार ५ सय ६ मत ल्याउनुभएको छ। प्रदेशसभा (ख)मा आङ्बोको अग्रताप्रदेशसभा (ख)मा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बोले अग्रता बढाउनुभएको छ। आङ्बोले ११ हजार ९ सय ५ मत प्राप्त गर्नुभएको छ। एमालेका अइन्द्रकुमार नेम्बाङले ९ हजार १ सय ८३ मत पाउनुभएको छ। आङ्बो र नेम्बाङबीचको मतान्तर दुई हजार ७ सय २२ पुगेको छ।
काठमाडौं ४ प्रदेशसभा (क) मा कांग्रेसका लामिछाने विजयी
काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ४ को प्रदेशसभा (क)मा प्रदेश सदस्यमा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी हुनुभएको छ ।
पर्सा १ मा जसपाका प्रदीप यादव विजयी
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जसपाका उम्मेदवार प्रदीप यादव विजयी हुनुभएको छ।
मोरङ ५ (क) मा कांग्रेसका गनगाँई निर्वाचित
मोरङ निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश सभा (क) बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाँई निर्वाचित हुनुभएको छ ।
तोसिमा कार्कीको नौ हजार बढी मतले अग्रता
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा.तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ ।
काठमाडौं ८ (ख) मा राप्रपाका उद्धव थापा विजयी
काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ८ को प्रदेश सभा (ख)मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धव थापा तीन हजार ३४९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।