• २० वैशाख २०८१, बिहिबार

बर्दिया–१ प्रदेशसभा (क) मा कांग्रेसका भुवनेश्वर चौधरी विजयी

blog

मुकुन्द सुवेदी

बर्दिया, मङ्सिर ७ गते । बर्दिया निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका भुवनेश्वर चौधरी विजयी हुनुभएको छ । चौधरीले नेकपा (एमाले) का सालिकराम अधिकारीलाई ११९ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेदवार रहनुभएका कांग्रेसका चौधरीले १७ हजार २६ मत प्राप्त गर्नुभयो । एमालेका अधिकारीले १६ हजार ९०७ मत प्राप्त गर्नुभयो । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका खेमबहादुर थारुले ११ हजार ९०१ मत प्राप्त गर्नुभयो । विजयी चौधरी यसअघि लुम्बिनी प्रदेश सभामा समानुपातिकतर्फको सांसद हुनुहुन्थ्यो ।