• ८ वैशाख २०८१, शनिबार

कांग्रेस प्रदेश सभापति बानियाँ विजयी

blog

मकवानपुरमा नेपाली कांग्रेसबाट निर्वाचित इन्द्रबहादुर बानियाँ

राममणि दाहाल 

हेटौँडा, मङ्सिर ७ गते । आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्यमा मकवानपुरमा सत्ता गठबन्धनबाट उम्मेदवार इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ ।

बुधबार साँझ सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार प्रतिनिधि सभा क्षेत्र नं. २ को (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार बानियाँ निर्वाचित हुनुभएको हो । 

कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहनुभएका बानियाँसँग नेकपा (एमाले) का लालबहादुर थापालाई एक हजार ७८२ मतान्तरसहित पराजित हुनुभएको छ । 

बानियाँले १८ हजार ७१७ मत प्राप्त गर्दा थापाले १६ हजार ९३५ मत प्राप्त गर्नुभएको छ । ४० हजार ३७८ मतगणना भएकोमा एक हजार ४४९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बानियाँ २०७४ को प्रदेश सभा सदस्यमा सोही क्षेत्रबाट एमालेका राजाराम स्याङ्तानलाई पराजित गर्दै विजयी बन्नुभएको थियो । 

स्याङ्तान हाल एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी) मा हुनुहुन्छ । यसअघि बानियाँ २०७० को संविधान सभा निर्वाचनमा साबिकको क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो । पूर्व गृह राज्यमन्त्री बानियाँ यसअघि बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलको नेतासमेत रहनुभएको थियो ।