• १३ वैशाख २०८१, बिहिबार

काठमाडौं ४ प्रदेशसभा (क) मा कांग्रेसका लामिछाने विजयी

blog

काठमाडौं, मङ्सिर ७ गते । काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा (क) मा प्रदेश सदस्यमा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी हुनुभएको छ । उहाँले सात हजार १२५ मतका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिनुभयो ।

यस्तै यसै निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश २ को प्रदेशसभा सदस्यमा नेकपा एमालेका जयराम थापा निर्वाचित हुनुभएको छ । उहाँले दश हजार तीन सय १७ मतसहित निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।