• १३ साउन २०८१, आइतबार

जुम्ला (क) मा कांग्रेसका बागी उम्मेदवार देवेन्द्र शाही विजय

blog

देवेन्द्रबहादुर शाही : तस्बिर नेत्र शाही

नेत्र शाही 

जुम्ला, मङ्सिर ७ गते । जुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं. १ (क) बाट प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजय हुनुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जुम्ला (क) को कुल खसेको २४ हजार ६ सय ५५ मतको गणना सकिएको छ । जस अनुसार नेपाली कांग्रेसका बागी उम्मेदवार देवेन्द्रबहादुर शाहीले विजय हासिल गर्नुभएको हो । 

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार शाहीले ९ हजार ६ सय ५४ मत ल्याएर विजयी हुनुभएको हो । 

शाहीले  १ हजार ८ सय ९९ मतान्तरले विजय हासिल गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले ७ हजार ७ सय ५५ मत ल्याएका छन् । यसैगरी, नेकपा (एमाले) का धिरेन्द्र राज गिरीले ५ हजार ४ सय ७० मत प्राप्त गर्नुभएको छ । 

शाहीले विजयपछि आफूलाई पार्टीले टिकट नदिएर गरेको विद्रोहपछि जनताले गुन लगाएका र जनताको काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।