• ११ वैशाख २०८१, मङ्गलबार

झापा २ मा एमालेका देवराज घिमिरे विजयी

blog

लीलाराज खडका 

बिर्तामोड, मङसिर ७ गते । झापा क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का देवराज घिमिरे विजयी हुनुभएको छ । बुधवार राति सम्पन्न अन्तिम मतगणनामा एमालेका प्रदेश नम्बर १ का इन्चार्ज समेत रहनुभएका घिमिरेले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल स्वागतलाई २२५६ मतले पराजित गर्नुभयो ।

घिमिरेले २८ हजार ६९७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेपालले २६ हजार ४४१ मत ल्याउनुभयो । सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका हरिकुमार राना मगरले १३ हजार ९२४ मत मात्रै पाउनुभयो । 

सत्ता गठबन्धनका तर्फबाट यसअघि एमालेमै रहनुभएका अर्जुनधारा नगरपालिकाका पूर्व प्रमुख रानालाई गठबन्धनको तर्फबाट उम्मेदवार बनाइएको थियो । 

झापा २ मा ५ जना स्वतन्त्रसहित १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहनुभएको थियो  । झापा २ मा कुल १ लाख ३४ हजार ९१ मतदातामा ८७ हजार ७२३ मत खसेको थियो । झापा २ को प्रदेश (क) मा एमालेकै एकराज कार्की र २ मा चिन्तन पाठक समेत विजयी हुनुभएको छ ।