• ८ वैशाख २०८१, शनिबार

नवलपरासी २ (क) बाट स्वतन्त्र उम्मेदवार बस्नेत विजयी

blog

गोपी ज्ञवाली 

नवलपरासी, मंसिर ७ गते । पश्चिम नवलपरासी क्षेत्र न २ को (क) बाट स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत बिजयी हुनुभएको छ । वस्नेतले १२ हजार ४ सय ४९ मत ल्याएर विजयी हुनुभएको हो । वस्नेत पानीको धारा चुनाब चिन्ह लिएर चुनावी मैदानमा हुनुहुन्थ्यो । उहाँका निकटतम प्रतिद्वन्द्वी  राप्रपाका आशिष प्रधानले १२ हजार ३ सय  ७७ मत ल्याउनुभयो । 

उहाँहरुबीच ७२ मतको मतान्तर रहेको छ। आशिष र वस्नेत दुवै नयाँ अनुहार युवा उम्मेद्वार रहनुभएको थियो ।