• १२ साउन २०८१, शनिबार

कञ्चनपुरमा-३ मा कांग्रेसका रमेश लेखक विजयी

blog

रमेश लेखक । फाइल तस्बिर

लक्ष्मणदत्त पन्त  

महेन्द्रनगर, मङ्सिर ७ गते। कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेका रमेश लेखक विजयी हुनुभएको छ। लेखकले एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्नुभएको हो। लेखकले ३० हजार ५४४ मत ल्याउनुभयो भने पालले १८ हजार ४४८ मत पाउनुभयो। 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले दुई हजार २८ र स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंहले १ हजार ४३ मत प्राप्त गर्नुभयो। ९७ हजार ८२२ मतदाता रहेको यस क्षेत्रमा ५७ हजार ९५५ मत खसेको थियो। यो क्षेत्रमा तीन हजार ६९९ मत बदर भएको छ।