२१ हजार अन्तरले सिन्धुली २ बाट माओवादीका लेखनाथ विजयी
नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सिन्धुली क्षेत्र २ मा पहिलो विजयी खाता खोलेको छ । सत्ता गठबन्धन दलको तर्फबाट नेकपा ९माओवादी केन्द्र०का केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज लेख नाथ दाहाल 'राजन'ले भारी मतका साथ विजयी हुनुभएकाे छ ।
सुनसरी १ मा माओवादीको अग्रता
सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यतर्फ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोको अग्रता रहेको छ ।
काठमाडौं २ (ख) मा राप्रपाका राजु विष्ट विजयी
काठमाडौं क्षेत्र नम्बर २ प्रदेश (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजु विष्ट विजयी हुनुभएको छ ।
एसका अध्यक्ष नेपाल ४ हजार ६३० मतसहित अग्रस्थानमा
निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार रौतहट प्रतिनिधि सभा क्षेत्र न १ बाट माधवकुमार नेपाल ४ हजार ६३० मतले अगाडि रहनु भएको छ ।
जाजरकोट प्रदेश सभामा गठबन्धनका उम्मेदवार निर्वाचित
जाजरकोटको प्रदेश सभा अन्तर्गत भएका निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा क मा सत्ता गठवन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहनु भएका बेदराज सिंह ले १८ हजार ५४३ मत ल्याएर विजयी हुनु भएको छ ।
बैतडीमा भण्डारीको अग्रता, मतान्तर घटाउँदै कुँवर
एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले अग्रता कायम गरिरहनु भएको छ ।
मोरङ ६ मा डा. कोइरालाको अग्रता
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायम छ ।
पर्साबाट प्रदेश सभामा कांग्रेस ३, जसपा २, माओवादी, लाेसपा र स्वतन्त्र एक-एक विजयी
पर्सा जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनका ५ जना उम्मेदवार प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको छ । पर्सामा रहेको ८ प्रदेश सभाको सिटमा हालसम्म ५ जना बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार निर्वाचित हुनु भएको हो ।
काभ्रेका दुईवटा प्रतिनिधिसभामा माओवादी र काँग्रेस अगाडि
काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा तथा प्रदेश सभा दुवैतर्फको मतगणनामा सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् । मतगणना सुरु भएदेखि अग्रता कायम गर्दै आएका प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारले पछ्याउँदै आएका छन् । उम्मेदवारहरुबीच मतान्तर घटाउने र बढाउने क्रम चलिरहेको छ ।
सिन्धुली-२ को प्रदेशसभा (क) र (ख)मा गठबन्धनका उम्मेदवार विजयी
सिन्धुली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन (क) र (ख) मा सत्तारुढ गठबन्धनका उमेदवार विजयी बन्नुभएको छ ।
रुपन्देही क्षेत्र न ४(ख) मा कांग्रेसका वसीउद्दीन खाँ विजयी
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट नेपाली कांग्रेसका वसीउद्दीन खाँ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवलाई पराजित पार्दै खाँ विजयी हुनुभएको हो ।
मुगुमा मतगणना सुरु
निर्वाचन सम्पन्न भएको दुई दिनपछि मुगुमा मतगणना सुरु भएको छ । सबै मतदानस्थलबाट मतपेटिका आइसकेपछि बुधबार बिहानबाट मतगणना सुरु भएको हो ।
ओखलढुङ्गामा कांग्रेसका रामहरिको अग्रता कायम
ओखलढुङ्गा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा तीन हजार ७५५ मतान्तरले अग्रस्थानमा हुनुहुन्छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा एमाले विजयी
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को प्रदेशसभा (क)मा नेकपा (एमाले)का पदमा जिसी श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले १९ हजार ३९६ मत पाउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का सौगमकुमार सिरपालीले १४ हजार ७५८ मत ल्याउनुभएको छ ।
पर्सा-४ मा कांग्रेसका रमेश रिजाल विजयी
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल विजयी हुनुभएको छ ।
काठमाडौं ७ (क) मा नेकपा (एकीकृत समाजवादी)का मानन्धर विजयी
काठमाडौं–७ (क)मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी हुनुभएको छ ।
प्यूठानको तीन वटै क्षेत्रमा एमाले अघि
अहिलेसम्म एमालेका सूर्य थापाले २२ हजार ९५३ र जनमोर्चाका दुर्गा पौडेलले १९ हजार ९५२ मत प्राप्त गर्नुभएको छ । प्यूठानमा प्रतिनिधीसभाको ४१ हजार ७७० मत गणना हुन बाँकी हुँदा थापा दुई हजार ९६१ मतले अगाडी हुनुहुन्छ ।
काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी
काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।
रुपन्देही-५ मा एमालेकाे अग्रता
रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ को पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले उम्मेद्वार वासुदेब घिमिरेले फराकिलो मतान्तरले अग्रता लिनुभएको छ।
जाजरकोट (क) मा कांग्रेसका सिंह विजयी
जाजरकोट प्रदेश सभा (क) मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका देवराज सिंह विजयी हुनु भएको छ ।
बाँके २ मा राप्रपाका राणा विजयी
बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणा विजयी हुनुभएको छ । उहाँले जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पुर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतले पराजित गर्नुभयो ।
बाँके २ को (क) र (ख) मा जसपा विजयी
बाँके क्षेत्र नम्बर २ को प्रदेश सभा (क) र (ख) दुवै क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार भण्डारीलाल यादव र आदेश अग्रवाल विजयी हुनुभएको छ ।
धनुषामा एमालेले दुई, कांग्रेस ,जसपा एक/एक स्थानमा अग्रता
प्रतिनिधि सभा तर्फ धनुषाको चार वटा निर्वाचन क्षेत्र मध्ये दुई वटामा नेकपा (एमाले) र एक÷एक निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र जसपाले अग्रता कायम राखेको छ । निर्वाचन क्षेत्र नं. ३ र ४ मा नेकपा एमाले र निर्वाचन क्षेत्र नं.२ मा नेपाली काँग्रेस र क्षेत्र नं.१ मा जसपाले अग्रता कायम राखेको छ ।
अछाम-१ का दुवै प्रदेशका मतगणना सुरु
प्रतिनिधि सभाको मतगणना सकिएलगत्तै अछाम-१ का दुई वटै प्रदेश सभाको मतगणना सुरु गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय साँफेबगरमा अछाम-१ (क) र (ख) प्रदेशको मतगणना सुरु भएको हो ।