• ७ वैशाख २०८१, शुक्रबार

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा एमाले विजयी

blog

मध्यविन्दु, मङ्सिर ७ गते । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को प्रदेशसभा (क)मा नेकपा (एमाले)का पदमा जिसी श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले १९ हजार ३९६ मत पाउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का सौगमकुमार सिरपालीले १४ हजार ७५८ मत ल्याउनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को प्रदेशसभा (ख) नेकपा (एमाले)का लक्ष्मणबहादुर पाण्डे विजयी हुनुभएको हो । श्रेष्ठले १८ हजार तीन सय २२ ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का गोपालप्रसाद खनाल १४ हजार ७७६ मत ल्याउनुभएको छ ।