• १६ चैत २०८०, शुक्रबार

काठमाडौं २ (ख) मा राप्रपाका राजु विष्ट विजयी

blog

काठमाडौं, मङ्सिर ७ गते । काठमाडौं क्षेत्र नम्बर २ प्रदेश (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजु विष्ट विजयी हुनुभएको छ ।

विष्टले १२ हजार १६३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत विमला रेग्मीले जानकारी दिनुभयो ।

उहाँका प्रतिद्वन्दी नेकपा (एमाले) का सुवर्ण श्रेष्ठले नौ हजार ९० मत प्राप्त गर्नुभएको छ ।