• ११ मंसिर २०८१, मङ्गलबार

सुनसरी १ मा माओवादीको अग्रता

blog

निशा राई

धरान, मङ्सिर ७ गते । सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यतर्फ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोको अग्रता रहेको छ । धरानको वडा नम्बर १,२,३,४,५ र ६ को कुल १५ हजार २०५ मतगणना गर्दा  लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार मेन्याङ्बोले ३१ सय ७५ मत ल्याएर अग्रता हासिल गर्नुभएको हो । उहाँलाई एमाले जसपा तालमेलका उम्मेदवार अशोककुमार राईले २७ सय ६४ मत ल्याएर पछ्याईरहनुभएको छ । 

यस्तै, स्वतन्त्र पार्टीको उम्मेदवार गोमा तामाङले २४ सय २८ मत ल्याएर तेस्रो स्थानमा रहेको छ । 

सुनसरी प्रदेशसभा १ (क) मा १२२१८ मतगणना हुँदा एमालेका रमेश बस्नेतले ३७२२ मत ल्याएर अग्रस्थानमा हुनहुन्छ भने लोकतान्त्रिक बाम गठबन्धन कांग्रेसका उम्मेदवार उमेश थापाले ३५०६ मत ल्याएर पछ्याईरहनुभएको छ । राप्रपाका उम्मेदवार उद्धव श्रेष्ठले २६७४ मत ल्याउनुभएको छ । 

निर्वाचन अधिकृतको कार्यालय धरानको अनुसार प्रतिनिधिसभातर्फ कुल १५ हजार २०५ मतमध्ये १४ हजार ४७ मत सदर भएको छ भने एक हजार १५८ मत बदर भएको छ ।