रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर २८ गते । युवाहरुको नेतृत्व र क्षमता विकासमा सक्रिय बागलुङ जेसीजको अध्यक्षमा अन्जिला श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
बागलुङ बजारमा सम्पन्न बागलुङ जेसीजको ४८ औँ शाखा अधिवेसन तथा वार्षिक साधारणसभाले वर्ष २०२६ का लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
बागलुङ जेसीजको कार्यकारिणी उपाध्यक्षमा सुलभ खड्का र शुभम् राजभण्डारी चयन हुनुभएको छ । उपाध्यक्षमा निशा कार्की, सुविसन श्रेष्ठ, अरुण श्रीस र निकेश खड्का चयन हुनुभएको छ । निर्देशकमा अयुश श्रेष्ठ र विनोद थापा मगर चयन हुनुभएको अधिवेसन निर्देशक गणेश महतोले जानकारी दिनुभयो ।
कार्यक्रममा बागलुङ जेसीजका पूर्व अध्यक्ष सुरेशप्रसाद श्रेष्ठ र बागलुङ जेसीज वर्ष २०२५ का लिडर्स अध्यक्ष तथा पूर्व अध्यक्ष ऋषिराम गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभामा सहसचिव स्वीकृति भारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रतिभा केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम बागलुङ जेसीज वर्ष २०२५ का अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठको अध्यक्षता, निवर्तमान अध्यक्ष गणेश महतोको स्वागत र सहसचिव स्वीकृति भारीको सञ्चालनमा सम्पन्न भएको थियो ।