• ७ वैशाख २०८१, शुक्रबार

रुपन्देही क्षेत्र न ४(ख) मा कांग्रेसका वसीउद्दीन खाँ विजयी

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, मङ्सिर ७ गते । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट नेपाली कांग्रेसका वसीउद्दीन खाँ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवलाई पराजित पार्दै खाँ विजयी हुनुभएको हो । उहाँले ११ हजार ३०५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मोहनलाल यादवले आठ हजार २६५ मत पाउनुभयो ।

त्यस्तै, जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले सात हजार ६६१ मत पाएका निर्वाचन अधिकारी देवेन्द्र आचार्यले जानकारी दिनुभयो । 

खाँ वि.स. २०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसबाटै निर्वाचित भएर लुम्बिनी प्रदेशको शिक्षामन्त्री समेत बन्नुभएको थियो ।

क्षेत्र नम्बर ४ (क) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कन्हैया बनिया विजयी हुनुभएको छ । रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।