• १४ वैशाख २०८१, शुक्रबार

पर्सा-४ मा कांग्रेसका रमेश रिजाल विजयी

blog

दीपकप्रसाद गौतम

 वीरगञ्ज, मङ्सिर ७ गते । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल विजयी हुनुभएको छ । नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पाँच हजार पाँच सय ३० मतको फराकिलो अन्तरले पराजित गर्दै नेपाली कांग्रेसका रिजाल विजयी हुनुभएको हो । 

रिजालले ३१ हजार एक सय ४२ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जालिम मियाँ मन्सुरीले २५ हजार ६ सय १२ मत प्राप्त गर्नुभएको हो ।