ताप्लेजुङमा योगेशलाई पछि पार्दै माओवादीका खेलप्रसादको अग्रता
ताप्लेजुङमा नेकपा (एमाले)का उम्मेदवार योगेशकुमार भट्टराईलाई पछि पार्दै नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुडाक्षेत्रीले अग्रता लिनुभएको छ।
डोटीमा गठबन्धनका उम्मेदवार आले प्रतिस्पर्धी वलीभन्दा अगाडि
एउटा मात्रै प्रतिनिधि सभा रहेको डोटीमा सत्ता गठबन्धनका उम्मेदवार प्रेमबहादुर आलेमगर सुरुवातदेखि नै अग्रता लिदै आउनुभएको छ । पछिल्लो मत परिणामअनुसार उहाँले ३ हजार ३०४ को फराकिलो मतान्तरले अगाडि हुनुहुन्छ ।
मनाङमा समानुपातिकतर्फ सङ्घमा कांग्रेस र प्रदेशमा एमाले पहिलो
हिमाली जिल्ला मनाङको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणाममा संघतर्फ नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ।
रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ।
ललितपुर २ (ख) मा कांग्रेसका चित्रकार विजयी
ललितपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा सदस्य (ख) मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी हुनुभएको छ।
उदयपुर १ मा कांग्रेसका खड्का र २ मा एमालेका रायमाझीको अग्रता
उदयपुरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ। उदयपुर १ मा नेपाली कांग्रेसका डा.नारायण खड्का अगाडि हुनुहुन्छ।
काभ्रेपलाञ्चोकमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि
काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाइँको अग्रता कायम रहेको छ । मतगणनाको सुरुदेखि नै अग्रतामा रहनुभएका हुमागाइँ र नेकपा (एमाले) का उम्मेदवार पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाबीच ७१८ को मतान्तर रहेको छ ।
गृहमन्त्री खाणको पुनः अग्रता
श्यामशङ्कर पाण्डे लुम्बिनी, मङ्सिर ६ गते । रुपन्देही क्षेत्र नं ३ मा राप्रपा नेता दीपक बोहोरालाई पछि पार्दै कांग्रेस नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले अग्रता लिनुभएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ १६ हजार २ सय ३५ मत गणना हुँदा मन्त्री खाणले ६ हजार १ सय १० र बोहोरले ५ हजार ९ सय ५७ मत ल्याउनुभएको छ । खाण अहिले १ सय ५३ मतले अगाडि हुनुहुन्छ । यहाँ ९३ हजार ५ सय ६७ मत खसेको थियो ।
सुनसरी –४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अगाडि
सुनसरी निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभाको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदबार सञ्चार तथा सूचना प्रविधी एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीन हजार ४४१ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
ललितपुर १ मा कांग्रेसका राणा १२ सय मतले अगाडि
ललितपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शमशेर जबरा एक हजार दुई सय मतले अगाडि हुनुहुन्छ।
डडेलधुरामा प्रधानमन्त्री देउवा ५४ सय मतले अगाडि
डडेलधुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच हजार ४४९ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ ।
स्याङ्जा २ मा सुरु भएन मतगणना, कांग्रेस–एमाले धर्नामा
स्याङ्जा क्षेत्र नं. २ को मतगणना मङ्गलबार अबेरसम्म सुरु हुन सकेको छैन । चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा (एमाले) ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ । कांग्रेसले तत्काल मतगणनाको माग गर्दै धर्ना बसेको छ ।
इलाम-२ मा एमालेका नेम्वाङलाई पछि पार्दै कांग्रेसका खड्काको अग्रता
इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले एमालेका सुभासचन्द्र नेम्वाङलाई पछि पार्दै अग्रता बढाउनु भएको हो।
समानुपातिकमा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो
समानुपातिक निर्वाचनमा मतगणको आधारमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ। निर्वाचन आयोगको साँझा पाँच बजेको तथ्यांक अनुसार एमालेले एक लाख सात हजार १५९ मत प्रप्त गरेको हो।
धनुषाका तीनवटामा एमाले र एकमा एकीकृत समाजवादीको अग्रता
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणनामा धनुषाको चार निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । धनुषाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–१ बाहेक अन्य तीन क्षेत्रमा प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवारहरुले मतगणनाको सुरुवाती चरणदेखि अग्रस्थान लिएका हुन् ।
पर्सा २ (क) मा कांग्रेस उम्मेदवार पटेल निर्वाचित
पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित हुनुभएको छ ।
ताप्लेजुङमा एमालेका योगेशको प्रारम्भिक अग्रता
ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार योगेशकुमार भट्टराईले सुरुवाती अग्रता लिनुभएको छ । भर्खरै सुरु भएको मतगणनामा नेकपा माओवादी केन्द्र) का प्रत्यासी खेलप्रसाद बुडाक्षेत्रीलाई पछि पार्दै भट्टराईले अग्रता लिनुभएको हो ।
ललितपुर २ को प्रदेशसभा (क) मा एमालेका श्रेष्ठ विजयी
ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा नेकपा (एमाले)का रामेश्वर श्रेष्ठ विजयी हुनुभएको छ।
सुर्खेत–२ मा कांग्रेसका थानीको अग्रता कायमै
सुर्खेतको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानीले अग्रता कायम राख्नुभएको छ । ४० हजार नौ सय ५९ मत गणना हुँदासम्म थानीले १८ हजार ७७८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढाक्षेत्रीले १५ हजार ५८८ मत प्राप्त गर्नुभएको छ ।
डाेटी प्रदेश 'ख' मा एमाले र माओवादीबीच कडा प्रतिस्पर्धा
डाेटी जिल्लाकाे प्रदेश सभा “ख”मा गठबन्धन र एमाले उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । सुरुवातदेखि झिनो मतले उम्मेदवारहरु अगाडि पछाडि देखिनुभएकाे छ।
रसुवा प्रदेश 'क' मा कांग्रेस विजयी
रसुवा प्रदेश क्षेत्र नं 'क' बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी हुनुभएको छ ।
गुल्मी २ मा एमालेका गाेकर्ण विष्टकाे अग्रता कायम
गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायम गर्नुभएको छ । ११ हजार ८२२ मत सहित विष्टले अग्रता बनाउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्रीले ९ हजार ६९८ मत प्राप्त गर्नुभएको छ ।
एमालेका सरेश र गठबन्धनका बस्नेत अगाडि
सिन्धुपाल्चाेक जिल्लाकाे प्रतिनिधि सभा–१ मा नेकपा एमालेका सरेश नेपाल र प्रतिनिधि सभा–२ मा गठबन्धनका मोहनबहादुर बस्नेतले मत बढाउँदै लगेका छन् ।
ताप्लेजुङमा मतगणना सुरु
ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको करिव ४७ घण्टापछि मङ्गलबार अपराह्न ४ : २० बजेदेखि मतगणना सुरु भएको हो ।