कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी जित नजिक
कैलाली क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधि सभा सदस्यमा जित नजिक पुग्नु भएको छ ।
म्याग्दीमा मतगणना पुन : सुरु
म्याग्दीमा मतगणना पुन : सुरु गरिएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि स्थगित भएको मतगणना फेरी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिनुभयो ।
रुकुम पश्चिममा माओवादीका जनार्दन शर्माको अग्रता
रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यको लागि भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनार्दन शर्माले ३५९ मत ल्याउनु भएको छ ।
स्थगन भएका मतदानस्थलमा आज पुनः मतदान हुँदै
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगन मतदानस्थलमा आज पुन मतदान भइरहेको छ ।
ललितपुर ३ मा डा. तोसिमा कार्कीकाे अग्रता कायम
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ ।
कांग्रेस महामन्त्री शर्मालाई फराकिलो अग्रता
झापा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनको मत गणनामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फराकिलो अग्रता बनाउनु भएको छ ।
काठमाडौं ८ (क) मा हाम्राे नेपाली पार्टीका बज्राचार्य निर्वाचित
प्रदेशसभाको सदस्यको लागि भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (क) मा लौरो चिन्ह लिएर चुनावमा उत्रनुभएका हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र बज्राचार्य निर्वाचित हुनुभएको छ ।
पाँचथरमा एमालेको अग्रता
पाँचथरको प्रतिनिधि सभातर्फ हालसम्म सार्वजनिक भएको मत परिणाममा नेकपा एमालेका वसन्तकुमार नेम्वाङले पुनः अग्रता लिनुभएको छ ।
काठमाडौं ४ बाट कांग्रेस महामन्त्री थापा विजयी
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ४ बाट अत्यधिक मतका साथ विजयी हुनुभएको छ।
बाँकेमा कांग्रेसको अग्रता, अथक र राई पछाडि
बाँकेको तीन वटै निर्वाचन क्षेत्रमा जारी रहेको मतगणनामा नेपाली कांग्रेसका सह महामन्त्री किशोरसिंह राठौले अग्रता लिनुभएको छ ।
बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसको अग्रता
बाँकेको तीन वटै निर्वाचन क्षेत्रमा जारी रहेको मतगणनामा नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले अग्रता लिएका छन् भने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक र पुर्वमन्त्री इश्तियाक राई पछाडि छन् ।
स्याङ्जामा कांग्रेसको अग्रता
स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले झिनो मतान्तरले अग्रता लिनुभएको छ । पाँच हजार ६३३ मत गणना हुँदा थापाले दुई हजार ४५५ मत हात पार्नुभएको छ भने नेकपा एमालेका नारायण मरासिनीले दुई हजार २५५ मत हात प्राप्त गर्नुभएको हो ।
रुपन्देही क्षेत्र नं १ र ५ मा एमाले २ मा स्वतन्त्र, ३ मा कांग्रेस र ४ मा लोसपाको अग्रता
पाँच निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ र ५ मा एमाले, २ मा स्वतन्त्र, ३ मा कांग्रेस, र ४ मा लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता लिएका हुन् ।
मुगुको मतगणना अनिश्चित
मतदान केन्द्रबाट मतपेटिका आउन ढिलाइ हुँदा मुगुमा मतगणना अनिश्चित बनेको छ । जिल्लाको माथिल्लो मुगुको मतदान केन्द्रबाट मतपेटिका जिल्लाको मुख्य निर्वाचन कार्यालयमा नआइपुगेकाले मतगणना अनिश्चित बनेको हो ।
म्याग्दीमा मतगणना स्थगित
म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित भएको छ । मालिका गाउँपालिका ५ देवस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो ।
विनोद चौधरीलाई घण्टीले उछिन्यो
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उछिनेको छ ।
पाँचथरमा कांग्रेसको अग्रता
पाँचथरमा प्रतिनिधि सभातर्फको मतगणनामा अगाडि रहेका एमाले उम्मेदवार वसन्तकुमार नेम्बाङलाई पछि पार्दै गठबन्धनका कांग्रेस उम्मेदवार भीष्मराज आङ्देम्बे आउनुभएको छ ।
रुकुम पूर्वमा प्रतिनिधि सभामा घर्ती र प्रदेशमा स्वतन्त्र उम्मेदवारको अग्रता
रुकुम पूर्वमा प्रतिनिधिसभामा पूर्ण घर्ती मगर र प्रदेश नम्बर १ मा सुरल पुनको अग्रता कायमै रहेको छ ।
राजेन्द्र लिङ्देन सिटौला भन्दा १४८६ मतले अगाडि
झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन १४८६ मतले अगाडि रहनु भएको छ ।
गगन थापाको जित निश्चित
काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा निर्वाचित हुने निश्चित भएको छ ।
महोत्तरी-१ मा माओवादीको अग्रता
महोत्तरी क्षेत्र नं १ मा सर्वदलीय सहमति जुटेपछि सोमबार रातीबाट मतगणना सुरु भएको छ । सुरुवाती मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रले अग्रता लिएको हो ।
अर्घाखाँचीमा टोपबहादुर २१ सय मतले अगाडि
प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले दुई हजार १८७ मतले अगाडि रहनु भएको छ । १५ हजार २४६ मत गणना गर्दा आठ हजार १८२ सहित अग्रस्थानमा हुन्छ भने नेपाली कांग्रेस उम्मेदवार पुष्पा भुसालले पाँच हजार ९९५ मतले पछ्याउँदै रहनु भएको छ ।
अछाम-१ मा समाजवादीका कुँवरको अग्रता कायमै
प्रतिनिधिसभातर्फको मतगणनामा अछाम क्षेत्र नं. १ मा गठबन्धनबाट एकीकृत समाजवादीका नेता तथा श्रम, रोजगार मन्त्री शेरबहादुर कुँवर दुई हजार २५३ मतान्तरले अगाडि रहनुभएको छ ।
झापा क्षेत्र नम्बर २ मा एमालेको अग्रता
झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालबीच रोचक प्रतिस्पर्धा देखिएको छ । दुवैजना झिनो मतान्तरमा अघिपछि रहनुभएको छ ।