पर्वतमा मतगणना जारी, कांग्रेसको अग्रता
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत पर्वतको मतगणनामा जारी छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशीको अग्रता रहेको छ ।
२४ सय मतले झाँक्रीभन्दा विष्ट अगाडि
गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टको अग्रता कायम रहेको छ । विष्टले झाँक्रीलाई दुई हजार ४०४ मतले अगाडि रहेको छ ।
रुकुम पश्चिममा मतगणना सुरु
रुकुमपश्चिममा मतगणना सुरु भएको छ । मंगलबार बिहानदेखि जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको हो ।
भोजपुरमा शेरधनलाई उछिन्दै सुदनको अग्रता
भोजपुरको प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले अग्रता बढाएका छन् ।
झापा-४ मा एमालेको अग्रता
झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै नेकपा एमालेका लालप्रसाद साँवाले अग्रता बनाउनुभएको छ । एमालेका साँवाले चार हजार २०४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल सुस्केराले चार हजार १७० मत ल्याएर पछ्याईरहनुभएको छ ।
पाँचथरमा कांग्रेसका आङदेम्बे अगाडि
हालसम्म आङदेम्वेले २२२० मत पाउनुभएको छ भने नेम्वाङले २०८५ मत पाउनुभएको छ ।
ललितपुर–३ मा डा. तोसिमा कार्कीको अग्रता कायमै
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ ।
उदयपुरमा डा.खड्का रायमाझीको अग्रता
उदयपुरमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको मत गणना जारी रहेको छ ।
काठमाडौं– ८ मा स्वतन्त्र पार्टीका श्रेष्ठको अग्रता
काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता कायमै राख्नुभएको छ ।
कैलालीका तीनवटा क्षेत्रमा नागरिक उन्मुक्तिको अग्रता
कैलालीका तीन वटा क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर २ को मतगणना पनि सुरु भएको छ ।
गुल्मी-२ मा एमालेका विष्टको अग्रता
गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण राज विष्टको अग्रता कायमै रहेको छ । यस क्षेत्रको मतगणना सुरु भएदेखि अहिलेसम्म विष्टको अग्रता कायम रहेको हो ।
झापामा ३५ सय मतले अध्यक्ष ओली अगाडि
झापाको क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गठबन्धनको तर्फबाट उम्मेदवार रहनु भएका नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारी भन्दा तीन हजार ५३० मतान्तरले अगाडि रहनु भएको छ ।
मकवानपुरमा डिना र बर्तौला अगाडि
मकवानपुरमा प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजाअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिनुभएको छ ।
चार हजार मतसहित भट्टराई भन्दा गगन अगाडि
काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले चार हजार १५४ मतसहित अग्रता कायम राखेको छ ।
धरानमा राप्रपाको अग्रता
सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फको धरानको वडा नम्बर १ मा खसेको मत गणना सकिएको छ ।
काभ्रेमा हजार मतले गोकुल बास्कोटा पछाडि
काभ्रेपलाञ्चोक प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोकुल बास्कोटा एक हजार ७६ मतले पछि पर्नुभएको छ ।
लमजुङमा एमालेको अग्रता
लमजुङमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङकै अग्रता कायम छ । १७ हजार ९ सय २८ मतगणना गर्दा एमालेका गुरुङले ९ हजार १ सय ९ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी) केन्द्रका देवप्रसाद गुरुङले ७ हजार २०० मत पाएका छन् ।
म्याग्दीमा कांग्रेसका गर्बुजाकाे अग्रता
म्याग्दीको प्रतिनिधि सभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले ३ हजार ८ सय ७ मत प्राप्त गरी अग्रता हासिल गर्नुभएको छ ।
झलनाथ खनाललाई पछि पार्दै एमालेका बस्नेतकाे अग्रता
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई इलाम क्षेत्र नम्बर १ मा ५४८ मतले पछि पार्दै नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले चार हजार तीन सय ३६ मत प्राप्त गर्दै अग्रता लिनु भएको छ ।
सप्तरीमा उपेन्द्र यादवलाई पछि पार्दै सिके राउतको अग्रता कायमै
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ५ हजार ८२३ मतले उछिन्दै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतको अग्रता कायमै रहेको छ ।
निर्वाचनमा महिला सहभागिता उत्साहजनक
आमनिर्वाचनमा महिला मतदाताको उपस्थिति उत्साहजनक रह्यो । बिरामी, अशक्त, वृद्धावस्थाको अप्ठ्यारो बिर्सेर महिलावर्ग आमनिर्वाचनमा मतदान गर्न पुगेका थिए । कुल मतदाता एक करोड ७९ लाख ८८ हजार ५७० मध्ये ८८ लाख ४७ हजार ५७९ महिला मतदाता छन् ।
गुल्मीमा पुनः मतदान सुरु
गुल्मीमा स्थगित भएको कालीगण्डकी गाउँपालिका अर्बेनीको भगवती मावि मतदान केन्द्रको मतदान पुनः सुरु भएको छ ।
एमाले उपाध्यक्ष नेम्वाङलाई पछि पार्दै खड्का अगाडि
संविधान सभाध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पछिल्लो मत परिणाममा नेपाली कांग्रेसका उम्मेदवार भन्दा ७७ मतले पछि पर्नुभएको छ ।
पाँचथरमा एमालेको अग्रता
प्रतिनिधि सभा सदस्यतर्फ पाँचथरमा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले १६७२ मत सहित अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई कांग्रेसका भीष्मराज आङदेम्वेले १४५७ सहित पछ्याइ रहनु भएको छ ।