• १५ असार २०८१, शनिबार

गुल्मीमा पुनः मतदान सुरु

blog

तम्घास, मङ्सिर ६ गते । गुल्मीमा स्थगित भएको कालीगण्डकी गाउँपालिका अर्बेनीको भगवती मावि मतदान केन्द्रको मतदान पुनः सुरु भएको छ । मङ्सिर ४ गते प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्रमा मतदान गर्नु पर्नेमा प्रदेशसभाको प्रत्यक्ष तर्फको ५५ वटा मतपत्रमा मतदान भए पछि मतदान रोकिएको थियो । 

अहिले अर्बेनीमा नेकपा एमालेका उप–महासचिव एवं प्रतिनिधि सभा गुल्मी १ का उम्मेदवार प्रदीप ज्ञवाली, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, प्रदेश सभाको तर्फबाट गठबन्धनको तर्फबाट माओवादी केन्द्र सुदर्शन बराल र एमालेको तर्फबाट चिन्तामणि पाण्डे पनि अर्बेनीमा हुनुहुन्छ। 

Author

तिलाचन पाण्डे