• ११ मंसिर २०८१, मङ्गलबार

गुल्मी-२ मा एमालेका विष्टको अग्रता

blog

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर ६ गते । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण राज विष्टको अग्रता कायमै रहेको छ । यस क्षेत्रको मतगणना सुरु भएदेखि अहिलेसम्म विष्टको अग्रता कायम रहेको हो ।

एमालेका उम्मेदवार विष्टले ६ हजार ४४४ मत र उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का रामकुमारी झाँक्रीले ४ हजार ९४ मत प्राप्त गर्नुभएको छ ।

एक लाख चार हजार ३२७ मतदाता रहेको यस क्षेत्रमा ५८ हजार ७७३ मत खसेको थियो ।