म्याग्दीमा कांग्रेसको ८ सय मतको अग्रता
म्याग्दीमा जारी मतगणनाअनुसार मङ्गलबार दिउँसो साढे ३ बजेसम्म नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले अग्रता कायम राख्नुभएको छ । प्रदेश निर्वाचन क्षेत्र नं. २ को धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सकिँदा गठबन्धनका साझा उम्मेदवार गर्बुजाले ६ हजार तीनसय ७० मत ल्याउनुभएको छ ।
काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निरन्तर अगाडि
काठमाडौं, मङ्सिर ६ गते । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता बढाउनुभएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पौडेलले अग्रता बढाउनुभएको हो । एमालेका उम्मेदवार ईश्वर पोखरेलभन्दा पौडेल तीन हजार ३५३ मतले अगाडि हुनुहुन्छ । ३२ हजार ८० मतगणना हुँदा कांग्रेसका पौडेल १० हजार ५७२ मतसहित अगाडि हुनुहुन्छ । एमालेका पोखरेलले सात हजार २१९ मत ल्याउनुभएको छ ।
खोटाङमा गठबन्धनको अग्रता कायमै
खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारले अग्रता बढाउँदै लगेका छन् । हाल प्रतिनिधिसभाको हलेसी तुवाचुङ नगरपालिका क्षेत्रको मत गणना भइरहेको छ ।
२७ सय बढी मतले तोसिमा कार्कीको अग्रता
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ ।
अध्यक्ष माधवकुमार नेपाल ८८५ मतले अगाडि
पछिल्लो मतगणनाको परिणामअनुसार रौतहट प्रतिनिधि सभा क्षेत्र न १ बाट नेकपा (एस) का माधवकुमार नेपालले अग्रता कायमै रहनुभएको छ ।
स्याङ्जा क्षेत्र नं. १ मा अग्रता बढाउँदै कांग्रेसका थापा
मङ्सिर ४ गते भएको निर्वाचनको मतगणनामा स्याङ्जा क्षेत्र नं. १ मा नेपाली काग्रेसका उम्मेदवार राजु थापाले अग्रता बढाउँदै जानु भएको छ ।
ललितपुर ३ को प्रदेशसभा ‘क’ मा एमाले र ‘ख’ मा राप्रपा अगाडि
ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत प्रदेशसभा (क) मा नेकपा (एमाले) र (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि रहेका छन् ।
एमाले उम्मेदवार राना कांग्रेस नेता पौडेलभन्दा अगाडि
तनहुँ –१ को प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार एकबहादुर रानाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पछाडि पार्नुभएको छ ।
पाँचथरमा रोचक प्रतिस्पर्धा, कांग्रेस ३२ मतले अगाडि : प्रदेशसभामा गठबन्धनको अग्रता
पाँचथरको प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले अग्रता लिनुभएको छ । आङदेम्बेले नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङलाई ३२ मतले पछाडि पार्नुभएको हो ।
चितवन २ मा रवि लामिछानेको अग्रता
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएको छ ।
कञ्चनपुर ३ मा नेता लेखक अगाडि, पालले पछ्याउनुहुँदै
कञ्चनपुर क्षेत्र नं. ३ को प्रतिनिधिसभा निर्वाचमा नेपाली कांग्रेसका उम्मेदवार पूर्वमन्त्री रमेश लेखकले नेकपा (एमाले) की पोलिटब्युरो सदस्य नेत्री निरुदेवी पाललाई झण्डै दोब्बर मतले पछाडि पार्नुभएको छ । नेता लेखकले १० हजार १६४ मत पाउँदा नेत्री पालले ५ हजार ९०४ मत पाउनुभएको छ ।
ललितपुर १ मा एक हजार ४७ मतले कांग्रेसको अग्रता
ललितपुर निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार उदयशमशेर राणाको अग्रता कायम छ ।
ललितपुर १ को प्रदेशसभा ‘क’ मा एमाले र ‘ख’ मा कांग्रेसको अग्रता
ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा क मा नेकपा एमाले का मधुसूदन पौडेलको अग्रता रहेको छ ।
ओखलढुङ्गामा कांग्रेसका रामहरि अगाडि
ओखलढुङ्गा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले पाँच हजार ७३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ ।
बैतडी (क)मा खसेको भन्दा ९५ मत बढी भेटिए
बैतडी, मङ्सिर ६ गते । बैतडी जिल्लाको प्रदेश सभा (क) अन्तर्गत डिलाशैनी गाउँपालिकाका–४, स्थित हाडाकोट मतदान केन्द्रको मतपेटिकामा खसेको भन्दा ९५ मत बढी भेटिएका छन् ।
प्युठान क्षेत्र नं १ मा एमालेका थापाको अग्रता
प्युठान निार्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदका एमालेका उम्मेदवार सूर्यबहादुर थापाले अग्रता लिनुभएको छ ।
जाजरकोटमा बस्नेतको अग्रता, आचार्यले पछ्याउँदै
प्रदेश सभा तथा प्रतिनिधि सभाको मत गणना जारी छ । सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले अग्रता कायम गर्नुभएको छ ।
सिन्धुलीको सबै निर्वाचन क्षेत्रमा गठबन्धनको अग्रता
सिन्धुली जिल्लाको प्रतिनिधिसभाको दुई वटै निर्बाचन क्षेत्रमा सत्तारुढ गठबन्धन दलका उम्मेद्वारको सुरुवातदेखि नै अग्रता रहेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा दिउँसो २ बजेसम्म १४ हजार ११७ मतगणना हुदा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेद्वार श्यामकुमार घिमिरेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदिप कटुवाललाई एक हजार ७२१ मतान्तरले अग्रता लिनु भएको छ ।
पाल्पाको प्रदेश सभामा कांग्रेस र एमाले अगाडि
पाल्पाका चार प्रदेश सभामध्ये दुई वटा प्रदेश सभातर्फको मतगणना भइरहेको छ । त्यसमध्ये प्रदेशसभा १(१)मा एमालेका राजुप्रसाद श्रेष्ठको अग्रता कायम गरिएको छ ।
रुकुमपूर्वमा माओवादीका पूर्णबहादुर घर्तीमगरकाे अग्रता
रुकुमपूर्व एक मात्र रहेको प्रतिनिधि सभामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर र प्रदेश निर्वाचन क्षेत्र (क)मा स्वतन्त्र उम्मेदवार बिजुली बल्ब चुनाव चिन्हका सुरुल पुनमगर (अजयशक्ति)ले अग्रता कायम गरिराख्नुभएको छ ।
दार्चुलामा मन्त्री बडूको अग्रता, पूर्वमन्त्री ठगुन्ना पछ्याउँदै
दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार एवं नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ । अपिहिमाल गाउँपालिका र व्याँस गाउँपालिकाको मतगणना सम्पन्न हुँदा बडूले चार हजार ५१६ मत र उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले चार हजार ७४ मत प्राप्त गर्नुभएको छ । दार्चुलामा मन्त्री बडू र पूर्वमन्त्री ठगुन्नाबिच निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
जुम्ला (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीको अग्रता
जुम्ला प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १०६१२ मत गणना हुँदा देवेन्द्रबहादुर शाहीले ४ हजार ४१ मत ल्याएर अग्रस्थानमा छन् ।
भक्तपुर १ (क) मा कांग्रेस अगाडि
प्रदेश सभा सदस्यकाे निर्वाचन क्षेत्र नम्बर १ (क) भक्तपुरमा नेपाली कांग्रेस अगाडि छ । मङ्गलबार दिउँसो १ बजेर ५० मिनेटसम्म कांग्रेसका उम्मेदवार सुरेश श्रेष्ठले सात हजार २५६ मत ल्याएर अग्रता लिनुभएको हो ।
काठमाडौं ९ मा नेता श्रेष्ठ निर्वाचित : एमालेको दोस्रो जित
काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका नेता श्रेष्ठले स्वतन्त्र उम्मेदवार टेकबहादुर पोखरेललाई पराजित गर्नुहुँदै निर्वाचित हुनुभएको हो ।