• २२ असार २०८२, आइतबार

उत्कृष्टताको नमुना किष्ट

blog

काठमाडौँको कमलपोखरीस्थित प्राइम लोकेसनमा रहेको किष्ट कलेज करिब ३० वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएको शैक्षिक संस्था हो । यो कलेजमा विज्ञानमा २८० जना र व्यवस्थापनमा १४० जनाको कोटा छ । उत्कृष्ट शैक्षिक वातावरण दिइने यो कलेजमा हरेक सेक्सनमा ४० देखि ४५ जना विद्यार्थीले अध्ययन गर्न सक्छन् । विद्यार्थीको रुचि, क्षमता, इच्छाशक्ति आदिलाई बुझेर उनीहरूको प्रतिभा बाहिर ल्याउन कलेजले स्थापनाकालदेखि नै विभिन्न शैक्षिक कार्यक्रम र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ । किष्ट कलेजमा ई लाइब्रेरी, लाइब्रेरी, कम्प्युटर ल्याब, आइटी ल्याब, विज्ञानका उत्कृष्ट प्रयोगशाला जस्ता सुविधा छन् । जहाँ हरेक समय विद्यार्थीले आफूले पढेका सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा परीक्षण गर्न पाउँछन् । किष्ट कलेजको लाइब्रेरी र प्रयोगशाला काठमाडौँकै उत्कृष्टमध्येमा पर्छ ।