दाङमा गठबन्धनको अग्रता कायमै
दाङमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा बुधवार बिहान ६ बजेसम्मको मत परिणाम अनुसार गठबन्धनका उम्मेदवारले अग्रता लिइरहनुभएको छ भने नेकपा एमालेका उम्मेदवारहरूले उहाँहरूलाई पछ्याइरहनुभएको छ ।
नेकपा एकीकृत समाजवादीले जितको ढोका खोल्यो
नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा ढोका खोलेको छ । अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर विजयी हुनुभएको छ । कुँवर चार हजार ४८९ मतान्तरले विजयी हुनुभएको छ ।
प्रतिनिधिसभा समानुपातिकतर्फ ‘रास्वपा’ तेस्रो स्थानमा
प्रतिनिधि सभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ । समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा (एमाले) पहिलो, नेपाली कांग्रेस दोस्रो र रास्वपा तेस्रो स्थानमा देखिएको हो ।
पाँचथरमा कांग्रेसको अग्रता
पाँचथर जारी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतगणनाको पछिल्लो परिणाम सार्वजनिक हुँदा सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेद्वार बीचको मत अन्तर साँघुरिएको छ ।
अछाम–१ मा मन्त्री कुँवर विजयी
अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर विजयी हुनुभएको छ । कुँवर चार हजार ४८९ मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका नायब सुब्बा खेमराज पुन मगरले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोक–१ प्रदेश सभा (१) मा कांग्रेसकी मसिना विजयी
सिन्धुपाल्चोक प्रतिनिधि सभा–१ को प्रदेश सभा (१) मा गठबन्धनकी मसिना खड्का भण्डारी विजयी हुनु भएको छ । खड्काले नेकपा एमालेका उम्मेदवार युद्धविक्रम तामाङ (डिबी) लाई पराजित गदै विजयी हुनु भएको छ ।
साढे १२ हजार मतान्तरसहित प्रधानमन्त्री देउवा विजयी
प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक संसदमा निर्वाचित हुनुभएको छ ।
पराजित चर्चित नेताहरू
आमनिर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी रहँदा केही चर्चित उम्मेदवारले हारको सामना गर्नुपरेको छ। काठमाडौँको तीनवटा निर्वाचन क्षेत्रको परिणाम आउँदा रवीन्द्र मिश्र, डा. राजन भट्टराई, रमेश खरेल, मिलन पाण्डे र पुकार बमले हार बेहोरेका छन्। मिश्र, भट्टराई र पाण्डे आमनिर्वाचन २०७४ मा समेत चर्चित हुनुहुन्थ्यो। खरेल भने आफैँ दल दर्ता गरी पहिलो पटक निर्वाचनमा स्पर्धा गर्नुभएको थियो।
दिपायलमा माओवादी केन्द्र अघि एमाले पछि
डोटी प्रदेशसभा (ख) मा नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओली सामान्य मतले अगाडि हुनुहुन्छ ।
मधेश प्रदेश: आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा कुन पार्टी कति स्थानमा अगाडि
मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ ।
लालबाबु राउत पुनः प्रदेशसभामा निर्वाचित
मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
ललितपुर क्षेत्र नं. १ प्रदेशसभा (ख) मा कांग्रेसका मीनकृष्ण विजयी
ललितपर–१ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन विजयी हुनुभएको छ ।
काठमाडौँ–७ प्रदेश (ख) मा एमालेका श्रेष्ठ विजयी
काठमाडौं, मङ्सिर ७ गते । काठमाडौं क्षेत्र नं ७ को प्रदेशसभा (ख) मा नेकपा (एमाले) का उम्मेदवार प्रकाश श्रेष्ठ विजयी हुनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको केहीबेर अघि सम्पन्न प्रदेशसभा (२) को मतगणनामा एमालेका श्रेष्ठले पाँच हजार दुई सय १८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सबिन तामाङले पाँच हजार एक सय ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालकुमार लामाले दुई हजार सात सय ९७ मत प्राप्त गर्नुभएको छ ।
दार्चुला प्रदेशसभा (ख) मा माओवादीका धामी विजयी
लोकेन्द्रप्रसाद जोशी दार्चुला, मङ्सिर ७ गते । दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै धामी विजयी हुनुभएको हो । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहनुभएका माओवादी नेता धामीले कुल २६ हजार २७२ मतमध्ये १३ हजार १७१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गर्नुभयो । धामी २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।
दैलेख क्षेत्र १ (क) बाट कांग्रेसका खत्री विजयी
नेपाली काँग्रेसका उम्मेद्वार पूर्णबहादुर खत्री विजयी हुनुभएको छ ।
बागलुङ प्रदेश सभामा कांग्रेसका थापा विजयी
ढोरपाटन, मङ्सिर ७ गते । बागलुङ क्षेत्र नं.–१ (क) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी हुनुभएको छ । थापाले नेकपा (एमाले) का उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गर्नुभएको हो । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीले १२ हजार चार सय पाँच मत प्राप्त गर्नुभएको छ । थापा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो । यस क्षेत्रमा थापा र केसीसहित पाँचजनाको उम्मेदवारी परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य एक हजार चार सय ५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक तीन सय सात र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमालले एक सय सात मत प्राप्त गर्नुभएको छ ।बागलुङ नगरपालिकाका ११ वडा र काठेखोला गाउँपालिका पर्ने यस क्षेत्रमा ५० हजार दुई सय ८० मतदाता रहेकामा २८ हजार आठ सय २५ मत खसेको थियो । जसमा छ सय ३२ मत बदर भएको छ । रासस
बागलुङ–२ (क) मा कांग्रेसका शेरचन विजयी
बागलुङ क्षेत्र नं. –२ (क) मा नेपाली कांग्रेसका जितबहादुर शेरचन विजयी हुनुभएको छ ।
ललितपुर–१ मा कांग्रेसका उदयशम्शेर विजयी
ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गर्नुभएको छ ।
प्रदेशसभा सदस्यमा जसपाका सिघासन साह विजयी
पर्सा जिल्लामा प्रदेश सभा सदस्यमा जनता समाजवादी पार्टीका सिघासन साह कलवार दोस्राे पटक विजयी हुनुभएको छ ।
काभ्रे २ मा मतान्तर घटाउँदै गोकुल बाँस्कोटा
काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा २ मा नेकपा (एमाले) का उम्मेदवार गोकुलप्रसाद बाँस्कोटाले आफ्नो प्रतिस्पर्धी उम्मेदवार नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाइँसँगको मतान्तर घटाउँदै लग्नुभएको छ ।
म्याग्दीको प्रदेश (ख) मा माओवादीका जुग्जाली विजयी
म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार रेशम जुग्जाली (सुविन) १०१ मत अन्तरले विजयी हुनुभएको छ ।
काठमाडौं ५ मा प्रदीप पौडेलको उदय : पाँच हजार मतान्तरले विजयी
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल विजयी हुनुभएको छ
उदयपुर २ मा एमालेका रायमाझी विजयी
उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ। उहाँ १५ हजार २५१ मत ल्याएर विजयी हुनुभएको हो।
पर्सा ४ प्रदेशसभा (क)मा कांग्रेसका शङ्कर चौधरी विजयी
पर्सा जिल्लामा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर चौधरी विजयी हुनुभएको छ।