• ८ वैशाख २०८१, शनिबार

उदयपुर २ मा एमालेका रायमाझी विजयी

blog

उदयपुरको क्षेत्र नम्बर २ बाट विजयी हुनुभएका एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी। तस्बिर : भक्तिविलास पोखरेल

 भक्तिविलास पोखरेल 

गाईघाट, मङ्सिर ६ गते। उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ। उहाँ १५ हजार २५१ मत ल्याएर विजयी हुनुभएको हो। 

उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत जीवनराम भण्डारीले बताउनुभयो।  उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ मुर्कुची निवासी ५३ वर्षीय रायमाझी एमालेका १ नम्बर प्रदेश कमिटी सचिवालय सदस्य हुनुहुन्छ।

नेपाली कांग्रेसले आन्तरिक व्यवस्थापन मिलाउन नसक्ता रामकुमार राईले स्वतन्त्र उम्मेदवारी दिनुभएपछि रायमाझीलाई फाइदा भएको हो। राईले १० हजार ३७९ मत प्राप्त गर्नुभएको छ।