• ८ वैशाख २०८१, शनिबार

प्रदेशसभा सदस्यमा जसपाका सिघासन साह विजयी

blog

जनता समाजवादी पार्टीका सिघासन साह कलवार

दीपकप्रसाद गौतम

वीरगञ्ज,  मङ्सिर ७ गते । पर्सा जिल्लामा प्रदेश सभा सदस्यमा जनता समाजवादी पार्टीका सिघासन साह कलवार दोस्राे पटक विजयी हुनुभएको छ ।

उहाँ १५ हजार ३ सय ८५ मत ल्याएर विजयी हुनुभएको छ । यसअघि २०७४ सालको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट ११ हजार ७०८ मत ल्याई निर्वाचित हुनुभएको थियो भने । यसपटक उहाँ निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रह्लाद साह कानुले ९ हजार ५ सय ५१ मत पाउनुभएको छ ।

जनता समाजवादी पार्टीका सिघासन साहले स्वतन्त्र उम्मेदवार प्रह्लाद साह कानुलाई २ हजार ७ सय ४४ मतअन्तरले पराजित गर्नुभएको हो । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएका चाँद ताराले १ हजार ७ सय मात्र पाउनुभएको छ ।