• १५ वैशाख २०८१, शनिबार

नेकपा एकीकृत समाजवादीले जितको ढोका खोल्यो

blog

काठमाडौँ, मङ्सिर ७ गते । नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा ढोका खोलेको छ । अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर विजयी हुनुभएको छ । कुँवर चार हजार ४८९ मतान्तरले विजयी हुनुभएको छ ।

रौतहट १ मा माधवकुमार नेपाल,  दाङ् क्षेत्र न १ मा मेटमणि चौधरी, धादिङ राजेन्द्रप्रसाद पाण्डेय, सल्यान १ मा प्रकाश ज्वाला, बारा क्षेत्र नम्बर ४ मा कृष्ण कुमार श्रेष्ठ, डोटी १ मा प्रेम बहादुर आले अग्रस्थानमा छन् । यस्तै गरी नेकपा एकीकृत समाजवादीले ६ ठाउँमा अग्रता कायम गरेको छ ।