• १६ चैत २०८०, शुक्रबार

ललितपुर–१ मा कांग्रेसका उदयशम्शेर विजयी

blog

उदयशम्शेर राणा

ललितपुर, मङ्सिर ७ गते । ललितपुर–१ बाट प्रतिनिधिसभामा  नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गर्नुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले) का उम्मेदवार नवराज सिलवाललाई चार हजार छ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।

राणाले २३ हजार आठ सय ९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार दुई सय ७८ मत प्राप्त गर्नुभएको छ ।

यसअघि विसं २०७४ पनि प्रतिनिधिसभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा हुनुहुन्थ्यो । २०७४ मा यस क्षेत्रबाट सिलवालले २६ हजार नौ सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभामा जित हासिल गर्दा राणाले २० हजार सात सय २९ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा. सचिन घिमिरेले तीन हजार दुई सय ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले एक हजार छ सय ४१ मत प्राप्त गर्नुभयो ।

कुल ७४ हजार तीन सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार सात सय ७३ मत खसेको थियो । खसेको मतमध्ये एक हजार आठ सय दुई मत बदर भएको छ भने ४८ हजार सात सय ८१ मत सदर भएको छ । रासस