• १६ चैत २०८०, शुक्रबार

पर्सा ४ प्रदेशसभा (क)मा कांग्रेसका शङ्कर चौधरी विजयी

blog

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा (क) बाट निर्वाचित वाम लोकतान्त्रिकको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका शङ्कर चौधरी। तस्बिर : दीपकप्रसाद गौतम

दीपकप्रसाद गौतम

वीरगञ्ज, मङ्सिर ६ गते। पर्सा जिल्लामा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर चौधरी विजयी हुनुभएको छ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा (क) मा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका शङ्कर चौधरी ११ हजार ५८५ मत ल्याएर विजयी हुनुभएको हो। 

उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जयप्रकाश थारुले ९ हजार ५५१ मत ल्याउनुभएको छ। नेपाली कांग्रेसका चौधरीले नेकपा एमालेका उम्मेदवार जयप्रकाश थारुलाई दुई हजार ३४ मतान्तरले पराजित गर्नुभएको हो।