• ११ मंसिर २०८१, मङ्गलबार

दार्चुला प्रदेशसभा (ख) मा माओवादीका धामी विजयी

blog

लोकेन्द्रप्रसाद जोशी 

दार्चुला, मङ्सिर ७ गते । दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै धामी विजयी हुनुभएको हो । 

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहनुभएका माओवादी नेता धामीले कुल २६ हजार २७२ मतमध्ये १३ हजार १७१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गर्नुभयो । धामी २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।