तनहुँ २ प्रदेशसभा (ख) मा कांग्रेसका आले विजयी
तनहुँ–२ को प्रदेशसभा निर्वाचन क्षेत्र २ (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति जीतप्रकाश आले विजयी हुनुभएको छ ।
अर्घाखाँचीमा सबै क्षेत्रमा एमाले अगाडि
अर्घाखाँचीमा तीन क्षेत्रमै एमालेका उम्मेदवारको अग्रता रहेको छ । अर्घाखाँचीमा १ सङ्घ र २ प्रदेशसभाको सिट रहेका छन् ।
गुल्मी क्षेत्र नम्बर २ मा एमालेकाे अग्रता कायमै
गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले दुई हजारभन्दा बढी मत अन्तरले अग्रता कायमै राख्नुभएको छ ।
गुल्मी-१ मा ११ बजेबाट मतगणना सुरु हुने
मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना गुल्मी क्षेत्र नम्बर १ मा आजदेखि सुरु हुने भएको छ ।
प्रतिनिधि सभातर्फ २२ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक
प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले १३, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, नेकपा एकीकृत समाजवादी पार्टीले १, राप्रपाले १ र नागरिक उमुक्ती पार्टीले एक ठाउँमा जित हासिल गरेका छन् ।
लमजुङमा देव र पृथ्वीसुब्बा गुरुङबीच कडा प्रतिस्पर्धा
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतगणनामा प्रतिनिधि सभातर्फ नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ र नेकपा माओवादी केन्द्रमा देवप्रसाद गुरुङबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
प्रधानमन्त्री देउवाको दिग्विजय
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशको डडेलधुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ। कुशल राजनीतिज्ञ देउवाको यो केन्द्रीय विधायिका संसद् सदस्यमा निर्वाचित भएको सातौँ अपराजित यात्रा हो।
प्रतिनिधि सभातर्फ २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक
प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।
सुर्खेत-१ मा उपसभापति खड्काको अग्रता
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत-१ बाट प्रतिनिधि सभा सदस्यमा सुरुवाती अग्रता लिनुभएको छ । सुर्खेत–१ मा मंगलबार राति १२ बजेबाट मतगणना सुरु भएको थियो ।
प्रदेश सभा (ख) मा कांग्रेसका शाह विजयी
जाजरकोट प्रदेश सभा (ख) मा गठबन्धन दल नेपाली कांग्रेसका राजीव विक्रम शाह विजयी हुनु भएको छ । पछिल्लो मत गणना अनुसार शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी हुनु भएको हो ।
काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे विजयी
काठमाडौं क्षेत्र नम्बर ३ को सम्पन्न मतगणनाअनुसार प्रतिनिधि सभा र दुवै प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।
ओखलढुङ्गा ‘ख’ मा माओवादीका गौतम विजयी
ओखलढुङ्गा प्रदेश सभा क्षेत्र ‘ख’ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रदेश सभाको उम्मेदवार बाबुराम गौतमले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञानबहादुर खड्कालाई एक हजार ९६ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।
काठमाडौंका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडाैंमा तीन क्षेत्रमा जितेको छ । काठमाडाैंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी हुनुभयो ।
सुर्खेत-२ मा कांग्रेसका हृदयराम थानी विजयी
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ । थानीले ३४ हजार ६२५ मत प्राप्त गरी विजय हुनुभएको हो ।
तनहुँ २ मा कांग्रेस उम्मेदवार भण्डारी विजयी
वि.सं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी तत्कालीन वाम गठबन्धनका उम्मेदवार केदार सिग्देलसँग पराजित हुनुभएको थियो ।
रामेछापमा गठबन्धनको अग्रता
रामेछापमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना भइरहेको छ । एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा अहिले प्रदेश सभा सदस्य १ को मतगणना जारी छ ।
काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेसका राजेन्द्र केसी विजयी
काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्र कुमार केसी विजयी हुनुभएको छ । चालिसे २ हजार ६७२ मतान्तरले विजयी हुनुभएको छ ।
काठमाडौं ९ (क) मा एमालेका डङ्गोल विजयी
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा प्रदेशसभा (क) सदस्यमा नेकपा (एमाले) का हरिकृष्ण डङ्गोल विजयी हुनुभएको छ ।
धादिङको दुवै क्षेत्रमा गठबन्धन अगाडि
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत गणनाको परिणाममा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरू अगाडि देखिनुभएको छ ।
काभ्रेका दुवै क्षेत्रमा गठबन्धन अघि
काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधिसभा तथा प्रदेश सभा दुवैतर्फको मतगणनामा सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारहरू अग्रस्थानमा रहेका छन्। मतगणना सुरु भएदेखि अग्रता कायम गर्दै आएका गठबन्धनका उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारले पछ्याउँदै आएका छन् ।
इलाम क्षेत्र नम्बर १ मतगणना सुरु हुन सकेन
इलाम क्षेत्र नम्बर १ मा मतपेटिकाको शीलको विषयमा विवाद भएपछि गएराति देखि स्थगित भएको मतगणना कार्य अझै सुरु हुन सकेको छैन ।
काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी
प्रतिनिधि सभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ ।
ताप्लेजुङमा बुढाक्षेत्री अघिअघि, योगेश पछिपछि
ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले सुरुदेखि नै आफ्नो अग्रतालाई कायम राख्नुभएको छ ।
भक्तपुर १ (क) मा मा कांग्रेसका श्रेष्ठ विजयी
भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश (क) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी हुनु भएको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहनुभएका कांग्रेसका युवा नेता श्रेष्ठले नौ हजार ४२४ मत प्राप्त गरी विजयी हुनु भएको हो ।