तिलाचन पाण्डे
तम्घास, मङ्सिर ७ गते । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले दुई हजारभन्दा बढी मत अन्तरले अग्रता कायमै राख्नुभएको छ । गठबन्धनकातर्फबाट उम्मेदवार बन्नुभएकी समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई दुई हजार २०७ मतले पछाडि पार्दै विष्टले अग्रता कायमै राख्नुभएको हो ।
विष्टले २४ हजार १४७ मत प्राप्त गर्नुभएको छ भने झाँक्रीले २१ हजार नौं सय ४० मत प्राप्त गर्नुभएको छ ।
मालिका गाउँपालिकाको मतगणना भने जारी छ ।