• १६ चैत २०८०, शुक्रबार

भक्तपुर १ (क) मा मा कांग्रेसका श्रेष्ठ विजयी

blog

भक्तपुर, मङ्सिर ७ गते । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश (क) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी हुनु भएको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहनुभएका कांग्रेसका युवा नेता श्रेष्ठले नौ हजार ४२४ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मोहनवीर श्रेष्ठलाई एक हजार २१२ मतान्तरले पछाडि पार्दै कांग्रेसका उम्मेदवार श्रेष्ठ विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

एमालेका श्रेष्ठले आठ हजार २१२ र नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले आठ हजार २०१ र राप्रपाका राजु कुइँकेलले पाँच हजार ९४५ मत प्राप्त गर्नुभएको छ ।