• ८ वैशाख २०८१, शनिबार

काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे विजयी

blog

काठमाडौं, मङ्सिर ७ गते । काठमाडौं क्षेत्र नम्बर ३ को सम्पन्न मतगणनाअनुसार प्रतिनिधि सभा र दुवै प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका सन्तोष चालिसेले १५ हजार १५८ मत प्राप्त गरी विजयी हुनुभएको मतदान अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी कृष्णबहादुर राईले ११ हजार १९६ मत प्राप्त गर्नुभएको हो ।

यसैगरी, काठमाडौं क्षेत्र नं ३ मा दुवै प्रदेशसभा सदस्यमा कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । प्रदेशसभा सदस्य (क) तर्फ छिरिङदोर्जे लामा र प्रदेशसभा (ख) मा विमल ठकुरी विजयी हुनुभएको मतदान अधिकृत शाहीले जानकारी दिनुभयो ।