• १२ साउन २०८१, शनिबार

तनहुँ २ प्रदेशसभा (ख) मा कांग्रेसका आले विजयी

blog

अमरराज नहर्की
तनहुँ, मङ्सिर ७ गते । 
तनहुँ–२ को प्रदेशसभा निर्वाचन क्षेत्र २ (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति जीतप्रकाश आले विजयी हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार आलेले एमालेका केदार सिग्देललाई ६४० मतान्तरले पराजित गर्नुभयो ।

आलेले १३ हजार ८६० र सिग्देलले १३ हजार २२० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । प्रदेशमा २९ हजार ८९८ मत खसेको थियो ।