गणेश खनाल
अर्घाखाँची, मङ्सिर ७ गते । अर्घाखाँचीमा तीन क्षेत्रमै एमालेका उम्मेदवारको अग्रता रहेको छ । अर्घाखाँचीमा १ सङ्घ र २ प्रदेशसभाको सिट रहेका छन् ।
प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले सुरुदेखि अग्रता कायम राख्नुभएको छ । ४१५६० मत गणना गर्दा २०२०२ सहित अग्रस्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेसका उम्मेदवार पुष्पा भुसालले १८३१९ मतले पछ्याउँदै हुनुहुन्छ ।
यस्तै, प्रदेश (क) मा पनि नेकपा एमालेका उम्मेदवार चेतनारायण आर्चायले १४२८३ सय मत लिएर अग्रता कायम राख्नुभएको छ भने राष्ट्रिय जनमोर्चाका उम्मेदवार सागर केसीले १४०५१ मत प्राप्त गर्नुभएको छ ।
प्रदेश सभा (ख) मा एमालेका उम्मेदवार रामजी प्रसाद घिमिरेले १६७९१ मतसहित अग्रता लिनुभएको छ भने नेकपा नेपाली कांग्रेसका उम्मेदवार कमल भुसालले १५९१४ मत ल्याएर पछ्याउँदै हुनुहुन्छ ।
प्रदेशका (क) र (ख) दुवै को परिमाण अन्तिम चरणमा रहेको छ ।