शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, मङ्सिर ७ गते । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा प्रदेशसभा (क) सदस्यमा नेकपा (एमाले) का हरिकृष्ण डङ्गोल विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उहाँ चार हजार ४५२ मतसहित विजयी हुनुभएको हो । उहाँले प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बाँस्तोलालाई ४३२ मतले पछि पार्नुभयो । कांग्रेसका बाँस्तोलाले चार हजार २० मत प्राप्त गर्नुभएको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                