• २० वैशाख २०८१, बिहिबार

काठमाडौंका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित

blog

काठमाडौं,मंसिर ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडाैंमा तीन क्षेत्रमा जितेको छ । काठमाडाैंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी हुनुभयो । 

गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत पाउनुभएको छ । पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगरले ९ हजार ४४९ मत ल्याउनुभयो । राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ मतसहित तेस्रोमा रहनुभयो ।

त्यस्तै काठमाडाैं–७ मा स्वतन्त्र पार्टीबाट गणेश पराजुली विजयी हुनुभएको छ । पराजुलीले ८ हजार ७४३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८ सय मत ल्याउनुभयो । माओवादी केन्द्रकी अस्मिता मानुषी यमी भट्टराईले ६ हजार ६३ मत प्राप्त गर्नुभयो ।

काठमाडाैं क्षेत्र नम्बर–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी हुनुभएको छ । निकटतम् प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत तथा एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत प्राप्त गर्नुभएको छ ।